News

प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिए, ५६ जना निको भए

जनकपुरधाम,२२ असार । प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

सोमबार संक्रमित भएकाहरु मध्ये ४ जना महिला र २५ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ३७ पुगेको छ । संक्रमित मध्ये ३ हजार ४ सय ९० पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ६ जना, सर्लाहीका ३४ जना र रौतहटका १६ जना व्यक्तिहरु रहेका छन् ।

योसंगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय १९, महोत्तरीका १ सय ९७, सर्लाहीका ५ सय ५९, रौतहटका ५ सय ४१, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरी २ हजार ९१ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १–१ जना गरी ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Related Articles

Back to top button
Close