News

ज्यानमारा टिप्परले स्कुटरलाई ठोकेपछि हेटाैडामा भयो यस्तो डरलाग्दो दुर्घटना!

फेरि यतिबेला हेटाैडामा टिपर आतङ्ककाे घटना घटेका छ । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।ना ७ ख ६५९७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ना ५३ प ३३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ठेगाना नखुलेका करिब ५५ वर्षीय सूर्यबहादुर लामाको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।वीरगञ्ज–हेटौंडा सडकखण्ड अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार क्षेत्रमा आइतबार दिउँसो १ बजेको समयमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक लामाको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

डीएसपी गौतमका अनुसार ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको उनको भनाइ छ ।

Related Articles

Back to top button
Close