News

नेपालमा फेरि कोरोनाले लियो २९ वर्षीय युवाको ज्या न

काठमाडौं । नेपालमा सोमबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत शनिबार राति निसीखोला गाउँपालिका–३ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

Related Articles

Back to top button
Close