News

कोरोना संक्रमित भएको थाहा पाए लगत्तै यि नायिका डाँको छोडेर रोइन्

एजेन्सी । कोरोना भाइरस संक्रमण भए पश्चात मानिसले कस्तो ब्यबहार देखाउँछन् ? चिकित्सकका अनुसार कतिपय मानिसले सामान्य ब्यबहार देखाउँछन् भने कतिपयले एकदम डराएको, मृत्युको मुखमा पुगेको जस्तो अनौठो ब्यबहार गर्छन् । कतिपयले रुने कराउने तथा चिच्याउने पनि गरेका छन् । कोरोना संक्रमणको दर बढीरहेका बेला तेलुगु भाषाकी टिभी अभिनेत्री नव्या स्वामीले पनि आफूमा कोरोना पोजेटिभ भएको थाहा पाए लगत्तै उनले आँफुलाई संहाल्ने नसकेको उल्लेख गरेकी छिन् ।

नव्या स्वामीले एक भिडियो सार्वजनिक गर्दै आफूले कोरोनाबाट बच्न औषधि सेवन गरिरहेको जानकारी दिँदै भनिन् कोरोना पोजेटिभ भएको थाहा पाएपछि आफू निकै रोए । सुरु सुरुमा आँफु निकै डराएको बताउँदै उनले भनिन् ‘यसमा लजाउनुपर्ने कुरा छैन, डरको पनि कुरा छैन ।

मलाई थाहा छ कि मानिसहरुले घटिया कुरा गर्नेछन् । तर म अब कसैको कुरा नसुनी आँफुलाई दह्रो पारेर स्वस्थ खानेकुराहरु आएर छिट्टै निको हुनेछु । एक भिडियो सार्वजनिक गर्दै उनले भनिन् यदी तपाइँ पोजेटिभ नै भइहाल्नु भयो भने पनि स्टङ्ग रहनुस् । म तपाईहरु सबैको आशिर्वादले राम्रोसँग रिकभर गर्दैछु ।’

Related Articles

Back to top button
Close