News

ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

ओखलढुंगा, २3असार । ओखलढुंगामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार साउदीबाट आएका २ जना र बाग्लुङबाट काठमाडौं हुँदै जिल्ला आएका १ जना गरी तीन जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका २२, २८ र ३० वर्षीय ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । असारको पहिलो साता जिल्ला आइपुगेका उनीहरु गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गत बिहीबार गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २० जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको थियो, जसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

संक्रमित ३ जनालाई क्वारेन्टाइनको छुट्टै भवनमा राखिएको र उनीहरुलाई कोरोना अस्थायी अस्पताल पठाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

यही असार ७ गते कोरोना पोजेटिभ देखिएका सोही गाउपालिकाका २८ वर्षीय पुरुष उपचारपछि ठीक भएर आज नै डिस्चार्ज भएका छन् ।

Related Articles

Back to top button
Close