News

उद्दारमा खटिएका नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् ।

निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र एयर होस्टेसलाई कोरोना देखिएको थियो ।
काठमाडौँ एकैदिन थपिए ५४ संक्रमित, देशभर १८०

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित भेटिएका छन् ।

सोमबार थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

यी सहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको छ।

Related Articles

Back to top button
Close