News

तीन महिनाअघि कोरोना भाइरस महामारीको केन्द्र बनेको स्पेनमा फेरी देखियो संक्रमण, त्रासकाबिच पुनः लकडाउन सुरु

काठमाडौं-अघिल्लो महिनासम्म महामारीकै रुप लिएको स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बितेको तीन महिनाअघि कोरोना भाइरस महामारीको केन्द्र बनेको र विस्तारै हराउँदै गएको स्पेनमा फेरी नयाँ संक्रमित देखिएपछि तनाव उत्पन्न भएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा ४१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

स्पेनमा फेरी कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै विभिन्न ठाउँमा पुनः लकडाउन पनि सुरू गरिएको छ । स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा पुनः लकडाउन गरिएको हो ।

Related Articles

Back to top button
Close