News

७ जनामा कोरोना देखिएपछि शहीद गंगालाल हृदय केन्द्रको ओपडी सेवा अनिश्चितकाललाई बन्द

काठमाडौं – शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।
कोरोना संक्रमण देखिएका सबै ७ जनालाई नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

Related Articles

Back to top button
Close