News

आईजीपी ज्ञवालीको कार्यकाल कोरोना कहरमै सकियो, काे आउला नयाँ आईजीपी ?

काठमाडौं, २३ असार । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल कोरोनाको कहरकै बीच सकिँदैछ । गत माघ २९ गते आईजीपीको फुली थाप्नुभएका ज्ञवालीको करिव पाँच महिनाको कार्यकाल भोलि बुधबारबाट सकिँदैछ ।

ज्ञवालीले आईजीपी पद सम्हालेको एक महिनापछि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरेकारले चैत ११ गतेबाट लकडाउनको निर्णय गरेको थियो । ३० वर्षे सेवाहदका कारण उहाँको कार्यकाल ५ महिनाको मात्रै भएको हो ।

लीले आफ्नो कार्यकालमा औपचारिक चिनाजानको अवसर समेत पाउनुभएन । छोटो समयका लागि आईजीपी बन्नुभएका ज्ञवालीले गठनमा सरुवा–बढुवावाहेक देखिने गरी अरु काम गर्ने अवसर पनि पाउनुभएन । उहाँकाे कार्यकालको अधिकांश समय कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको निर्णय कार्यान्वयन गराउनमै बित्याे ।

उहाँसँगै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र एक जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सूर्य उपाध्यायसमेत अवकाशमा जानेछन् । लम्सालसहित हाल प्रहरीमा ३ जना एआईजी छन् ।

काे आउला नयाँ आईजीपी ?

२८ औं आईजीपी नियुक्तीका लागि आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

अहिले प्रहरी महाननिरीक्षकका लागि दुई जना दाबेदार रहेका छन् । अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व सम्हालनेछन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पाल
डीआईजीबाट एआईजी बढुवाको वरीयतामा १ नम्बरमा बढुवा भएका एआईजी लम्साल अवकाशमा जाने भएपछि उनीपछिका थापा र पालमध्ये १ जनालाई आईजीपी नियुक्त हुनेछन् । एकै ब्याजी पाल र क्षत्रीमध्ये कमाण्ड क्षमता बलियो भएको र सरकारले मन पराएको व्यक्ति नै आईजीपी नियुक्त हुनेछन् ।

नियुक्तीसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ । अहिलेका महानिरीक्षक ज्ञवाली २७औं महानिरीक्षक हुन् । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।

हाल थापाले मानवश्रोत एवम् प्रशासन विभाग र पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् । थापा र पालबीच काे आईजीपी बन्ने भनेर पनि हाेटाबाजी छैन । उनीहरू कार्यक्रममा जाँदा एउटै गाडि चड्ने गरेका देखिन्छ । उनीहरूबीच विगतका प्रतिस्पर्धीजस्तो अस्वथ्य लडाइँ देखिँदैन ।

महानिरीक्षक नियुक्ती जहिले चर्चामा आउने गरेको थियो । यसपटक भने नेकपाको आन्तरिक बिबादले महानिरीक्षक नियुक्ती ओझेलमा परेको छ।

Related Articles

Back to top button
Close