News

तुलसीपुर उपमहानगरपालिकाका १ सय ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

दाङ, २३ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्षको परिवार र कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका १ सय ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

वडाको काममा खटिएका वडाध्यक्षको परिवार र उनको सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर परीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । कन्ट्याक्ट ट्रेसिङ्ग १ सय ७ जनाको गरिएको थियो ।

उप–महानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार अध्यक्षको परिवार, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायतको स्वाब परीक्षण गरिएको थियो ।

Related Articles

Back to top button
Close