News

नेपालमा आज फेरी ४२१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९ हजार माथी

नेपालमा आज फेरी ४२१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९ हजार माथी
June 21, 2020

काठमाडौं । नेपालमा आज फेरी र ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज पनि ठूलो संख्यामा स.क्रमित फेला परेसँगै कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै यो समाचार तयार पार्दासम्म १ हजार ७७२ जना निको भएका छन् ।

आइतबारसम्म १ लाख ७५ हजार १७३ पिसिआर र २ लाख ६२ हजार १७४ आरडिटी परीक्षण सम्पन्न भएको प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

Related Articles

Back to top button
Close