News

एकैदिन ६ सय ८८ जना निको हुँदा झण्डै साढे ७ हजार घर फर्किए, चार जिल्ला कोरोना मुक्त

काठमाडौं, २३ असार । कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या दिनानुदिन घट्दै जाँदा निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि उत्साहजनक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ सय ८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको भएर डिस्चार्ज हुनेहरुको कुल संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो केही समयदेखि संक्रमित थपिने क्रम निरन्तर घट्दो रहेको र निको भएर डिस्चार्ज हुनुको संख्यामा उल्लेख्य प्रगति भइरहेको छ ।

यसैबीच ७७ वटै जिल्लामा संक्रमण फैलिएकोमा अहिले भने चार जिल्ला कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु कोरोना मुक्त भएको छ, भने कर्णाली प्रदेशको हुम्लामा पनि कोरोनाका संक्रमित देखिन छोडेका छन्

Related Articles

Back to top button
Close