News

गृह मन्त्रालयको निर्देशनपछि साँगा नाकाबाट प्रवेशमा कडाई, चोरबाटोमा पनि निगरानी

भक्तपुर, २३ असार । गृह मन्त्रालयको निर्देशनपछि उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगामा मंगलबारदेखि कडाइ गरिएको छ ।

यो नाका पुग्नु अगाडिबाट चोर बाटो हुँदै उपत्यका प्रवेश गर्नेहरुको संख्या बढेसंगै भक्तपुर प्रहरीले थप सर्तकता अपनाउँदै चोरबाटोहरुमा पनि कडाई गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी तारादेवी थापाले बताउनु भयो ।

उहाँले गृह मन्त्रालयको निर्देशनलाई पालना गर्दै यो नाकाबाट प्रवेश गर्ने सवारी साधन र यात्रुहरुले सरकारले जारी गरेको निर्देशन पालना गरेर आएकालाई मात्र प्रवेश गराउने गरेको जानकारी पनि दिनुभयो ।

सरकारले जारी गरेको प्रवेश पास लिएर दैनिक झण्डै १ सय ५० भन्दा बढी सवारी साधन र चार पाँच सय मानिस भक्तपुरको साँगा नाका हुँदै उपत्यका भित्रिने गरेका छन् । यो महिनामा मात्रै यहाँबाट झन्डै तीन हजार सवारी साधान फिर्ता गुर्नका साथै ६ हजार भन्दा बढी मानिसहरुलाई फिर्ता गरिएको एसपी थापाले जानकारी दिनुभयो ।

गृहले उपत्यका प्रवेश गर्दा एक स्थानबाट अर्को स्थानमा जाँदा स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले पास उपलब्ध गराउने गरेसँगै आरडीटी र पीसीआरको रिर्पोट आवश्यक नपर्ने बताउनु भयो ।

यस्तै, महानगरीय प्रहरी वृत्त जगातिका प्रमुख डिएसपी चक्रराज जोशीले गृहको परिपत्रअनुसार अब साँगा नाकामा मात्रै नभई प्रत्येक जिल्लाको बोर्डरमा पनि चेकजाँच हुने भएपछि साँगा नाकामा बिना पास आउने संख्यामा कमी आउने बताउनु भयो ।

Related Articles

Back to top button
Close