News

सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम राेकिएन, संक्रमणको जोखिम बढ्दै

विराटनगर, २४ असार । कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ ।

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ ।

मुख्य नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरे पनि साना नाकाहरूबाट हुने आवतजावतलाई सुरक्षाकर्मीहरूले वेवास्थागर्दै आएका छन् । भारतबाट अवैध रूपमा आउने मानिसहरूका कारण प्रदेश १ को राजधानी विराटनगरलगायतका सीमावर्ती क्षेत्रका बस्तीहरू कोरोना संक्रमणको उच्च जोखिममा छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button
Close