News

सांसद तामाङद्वारा रणनीतिक सडक प्रस्ताव https://sidhanepalipost.com/archives/372

हेटौडा । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृतावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको हत्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको शव भान्छामा विभत्स अवस्थामा भेटिनुले हत्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पाइ–तड्पाइ हत्या गरिएको हुनसक्छ ।

मृतक थापाको टाउकोमा गम्भीर चोट, आँखा फुटाइएको र घाँटी, हातमा निलोडाम देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ । हेर्नुहोस

Related Articles

Back to top button
Close