Video

कोटेश्वर चोकमा केपी ओली, हामी देश जोगाउन आयौं (भिडियो हेर्नुस्)

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली को समर्थनमा सर्वसाधारण र युवाहरुले गरे प्रदर्शन गरेका छन । समर्थकहरुले काठमाण्डौंको कोटेश्वर चोकमा बुधवार दिउँसो ३ बजे प्रदर्शन गरेका हुन ।

नेकपा पार्टी भित्र देखिएको बिवादले प्रधानमन्त्री के पी ओली लाई पदबाट रजिनामा लगाउने तयारी भईरहेको र अहिलेको सरकारले भारत होस् या अरु कुनै बिदेशी शक्ती सँग नझुकेकाले समर्थनमा उत्रिएको एक सर्वसाधाण ले बताए ।

देशमा पार्टी को झन्डा बोक्नु भन्दा बिदेशमा नेपाली भनेर चिनिन खुशी हुन मनपर्छ किनकी बिदेशमा नेपाली भनेर चिनिन्छ भने यहाँ बिभिन्न पार्टी का कार्यकर्ता भनेर चिनिन्छ । त्यसैले अब पार्टी होइन सम्पूर्ण नेपाली नेपाली एक भएर एउटै हुन जरुरी छ । यस्तो एकजुट हुनका लाई अडान लिने एक मात्र प्रधानमन्त्री केपी ओली लाई आज को दिन मा समर्थन गर्नु जरुरी छ भने ।

सहभागी युवाहरुले पार्टीवाटै एक्लिएका प्रधानमन्त्रीलाई आफुहरुले साथ दिने बताएका छन् । उनीहरुले राजनीतिक झगडामा युवाहरु लाग्ने होइन, अब विकासका लागि युवाहरु लाग्नुपर्ने बताएका छन् । उनीहरुले झगडाको बिउ रोप्नेहरुका विरुद्ध आफुहरुको प्रदर्शन भएको बताएकाछन् । विकासको युग ल्याउन युवाहरु लाग्नुपर्ने र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

Related Articles

Back to top button
Close