News

प्रधानमन्त्री ओलीको समर्थनमा वीरगन्जमा मोटरसाइकल -याली

वीरगन्ज (पर्सा), २४ असार । ‘देशको मुहार फेर्नुछ साथी, पार्टी भन्दा राष्ट्र माथि’ भन्ने नारासहित नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सर्मथकहरुले वीरगन्जमा भव्य मोटरसाइकल -याली निकालेका छन् ।

पार्टी फोड्न र जनताको म्यान्डेड अनुसारको पाँच वर्षको स्थिर सरकारलाई तहसनहस गर्न पार्टीकै एक नेतृत्व सक्रिय रहेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल ¥याली निकालेका हुन् ।

केपी ओली जिन्दावाद, पार्टी फुटाउन पाउदैन, पार्टी एकता जिन्दावादलगायतका नारावाजी गर्दै महानगरको विभिन्न चोकहरु हुँदै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका युवा नेताहरुले ५ वर्षे सरकारलाई स्थिर तरिकाले सञ्चालन गर्न दिनुपर्ने बताएका थिए । उनीहरुले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विगतकै सरकारझै छिमेकी मुलुकहरुको अगाडि नझुकी नेपालीहरुको शान राख्न सफल भएको बताएका छन् ।

साथै, भारतले अतिक्रमण गरेको भूमिसहितको नक्सा पारित गरेर एतिहासिक काम गरेका ओली सरकारलाई सधैं राष्ट्रवादी युवाहरुको समर्थन रहेको पनि बताए ।

उनीहरुले ओली सरकारले गरेको ऐतिहासिक कार्य विदेशी दलालहरुलाई अपच भएकोले ओली सरकार ढाल्ने षडयन्त्र गरिरहेको भन्दै आरोप लगाए । यो सरकार ढलेमा युवाहरुको भविष्य अन्यौलमा पर्ने भएकाले यही सरकार ५ वर्षसम्म चल्नुपर्ने उनीहरुको भनाइ छ ।

Related Articles

Back to top button
Close