News

सरिता गिरीलाई सांसद पदबाट निष्कासन गर्न समाजवादी पार्टीको पत्र संसद् सचिवालयमा

काठमाडौं, २४ असार । सांसद सरिता गिरीलाई पदबाट निष्कासन गर्न भन्दै समाजवादी पार्टीले संसद् सचिवालयमा पत्र पु-याएको छ ।

बुधबार समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर सचिवालय पुग्नुभएको हो ।

अब सभामुख अग्नी सापकोटाले गिरीलाई सांसदबाट निलम्बन गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई दिइने जानकारी गराइएको छ ।

मंगलबार (हिजो) बसेको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउने निर्णय गरेको थियो ।

पत्र बुझाएको जानकारीपछि गिरीले सभामुखको सचिवालय र संसद् सचिवालयमा फोन गरेर आफूमाथि पार्टीको विधानविपरित कारबाही गर्न लागिएको भन्ने गुनासो गरेकी जानकारी गराइएको छ ।

Related Articles

Back to top button
Close