News

बिदेशबाट फर्किएका मानिस बोक्दा ट्याक्टर चालक र सह चालक क्वारेन्टाइनमा

रोल्पा,२४ असार । बिदेशबाट फर्किएका २ जना मानिस चालक नजिकै राखेर बोके पछि ट्याक्टर चालक र सह चालकलाई बुधबार दिउँसोदेखि क्वारेन्टाइनमा राखिएको छ ।कुवेत र मलेसियाबाट घर फर्किदै गरेका रोल्पाका १ पुरुष र प्यूठानका १ पुरुष घोराही होलेरी शहीद मार्ग भएर पैदल आउँदै गर्दा लु २ त ४२३४ नम्बरको ट्याक्टरले उनीहरुलाई बिच बाटोबाट होलेरी ल्याएको प्रहरीले जानकारी दिएको छ । रोल्पा रुन्टीगढीका १९ बर्षीय चालक सन्तोष पुन र त्रिबेणी गाउँपालिका २ का १७ बर्षीय सहचालक बिबेक घर्तीलाई रुन्टीगढी ५ सैबाङ स्थित भीमसेन माबिको भवनमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

बिदेशबाट फर्किएकाहरुले आफुहरुको दाङ घर भइ काम विशेषले रोल्पा जान लागेको र आफुहरुलाई हतार भएको भन्दै झुक्याएर लिफ्ट मागेको ट्याक्टर चालक पुनले बताए । उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो ।

हाल क्वारेन्टाइनमा नै राखिएको ट्याक्टर २४ घण्टापछि भाइरस नियन्त्रण गर्ने बिषादी छर्केर ट्याक्टर धनीले फिर्ता लैजान सक्ने निरेक्षक चापागाईंले बताउँनु भयो । साथै मुलुकमा कोभिड १९ कोराना भाइरसको महामारी बढिरहेको यो समयमा संक्रमणको जोखिम पनि बढ्दो भएकाले कुनै पनि मालवाहक सवारीले यात्रु नबोक्न समेत उहाँले आग्रह गर्नुभयो ।

Related Articles

Back to top button
Close