News

लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट चाहियो : नेपाल राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं, २४ असार । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको बैंकको ब्याजदर र घरभाडा शतप्रतिशत छुट गर्न माग गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तीमा कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको तीन महिना लामो पूर्ण लकडाउन र त्यसपछि हालसम्म जारी आंशिक लकडाउनका कारण उद्योगधन्दा र व्यवसायहरुमा ठूलो असर परेको उल्लेख गर्दै लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्न माग गरेको हो ।

त्यस्तै, जारी विज्ञप्तीमा किस्ता र ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्न र पुर्नकर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चितता गर्न पनि माग गरेको छ । यसका साथै, महासंघले कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्न, स्प्रेड रेट घटाएर ३।५ प्रतिशत कायम गर्न र लकडाउन अवधिभरको व्यवसायीक घरभाडामा पूरै छुट गर्न माग गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘लकडाउनपछि नेपाल राष्ट्र बैंकले चैतमा तिर्नुपर्ने कर्जाको सावाँ तथा व्याजको मिति असार मसान्तसम्म पुर्याएको, कोरोना प्रभावित क्षेत्रको ब्याजमा २ प्रतिशत छुट दिन बैंकहरुलाई दिर्नेशन दिएको छ, भने भाडा छुटका लागि राज्यले खासै वास्ता गरेको छैन ।’

व्यवसायीहरुले उठाएका मागहरुका विषयमा सरकार अझै गम्भीर नबनेकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको पनि महासंघको भनाइ छ ।

Related Articles

Back to top button
Close