News

एकाबिहानै आयो दुखद खबर : सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले ८ घर बगाउँदा २ को मृत्यु, १८ बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा भिषण वर्षासँगै आएको बाढीमा परेर २ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन्

घटना गएरातीको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले ठूलो क्षति पुगेको र थप विबरण आउन बाँकी छ ।

प्रहरी अहिले घटनास्थलमा पुगीसकेको र उद्धार कार्य सुरु भएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको स्थानीय अम्बर क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बाढीले बगाएर लगेकोछ । घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।

Related Articles

Back to top button
Close