News

प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने अडानमा ओली, प्रचण्ड भन्छन् : ‘एउटा पद त छाड्नुस्’

काठमाडौं, २५ असार । नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छ/हुन्न भन्ने टुंगो पनि छैन।

आइतबार आरोप/प्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो।

‘बुधबारको छलफल झन् बिग्रियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड (दाहाल) दुवै जना आआफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनुभएको छ भन्नुभएछ। फेरि चर्काचर्की भएर उहाँहरू उठनुभएछ।’दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओलीसमक्ष माग गरे। तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुवै पद नछोड्ने अडान लिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Related Articles

Back to top button
Close