Health

के तपाईलाई घमौराले दुख दियो ? अपनाउनुहोस् १० घरेलु उपाय

गर्मी मौसममा बढी पसिना निस्कने हुँदा घमौरा आउँने हुन्छ । तर, यो समस्याबाट निजात पाउँन हामी आफ्नै घरमा पाइने घरेलु उपचार पद्धति अपनाउँन सक्छौँ । त्यसो भए जान्नुहोस्, यस्ता १० सजिला उपाय ।

१. काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती निचोर्नुहोस् र काँक्रालाई गालो आकारको चानामा काट्नुहोस् । ति काँक्राको चानालाई कागती पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउँने गर्नुहोस् ।

काँक्रा मसाज २. घ्युकुमारीको जेल – एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । यस्तो दिनमा ३ पटक गर्नुहोस् । घ्युकुमारीको जेल ३. बेकिङ सोडा – ५ चम्चा पानीमा एक चम्चा बेकिङ सोडा मिलाउँनुहोस् । यसलाई घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि धुनुहोस् । यो काम दिनमा २ पटक गर्नुहोस् ।

बेकिङ सोडा ४. नीमको पात – नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमाल्नुहोस् । चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउँनुहोस् र २० मिनेटपछि नुहाउँनुहोस् । यस्तो. दिनमा एक पटक गर्नुहोस् ।

नीमको पात ५. नरिवालको तेल – एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउँनुहोस् र त्यसलाई घमौरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । नरिवालको तेल ६. मुल्तानी माटो – २ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाउँनुहोस् र त्यसलाई घमौरामा लगाउँनुहोस् । आधा घन्टापछि धुनुहोस् ।

मुल्तानी माटो ७. जैतुनको तेल – एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाउँनुहोस् । २० मिनेटपछि धुनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् । जैतुनको तेल ८. आइस क्युब – एक प्लास्टिकको झोलामा आइस क्युब(बरफको डल्ला)लाई राख्नुहोस् । यसबाट दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउँनुहोस् ।

आइस क्युब ९. स्याउको चाना – स्याउको चानालाई सिरकासँग घमौरामा लगाउँनुहोस् र २० मिनेटपछि धुनुहोस् । यो दिनमा २ पटक गर्नुहोस् । स्याउको चाना १०. चन्दन – आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउँनुहोस् र घमौरा आएको ठाउँमा लगाउँनुहोस् ।

घमौरा तीन प्रकार का हुन्छन् – क्रिष्टलीय प्रकार- miliaria crystallina : यो घमौरा को सबैभन्दा सामान्य प्रकार हो । एसमा छाला को सतह मा पसिना भरिएका मसिना फोका स्पष्ट देखिन्छन् । यो छाला को सबैभन्दा बाहिरी सतह मा हुने हुँदा हलुका चिलाउने गर्छ तर पोल्दैन । यो प्रायः गरेर बच्चाहरु मा देखिन्छ।

रुब्रा प्रकार- miliaria rubra : यो छाला को थोरै भित्री सतह मा हुन्छ । एसमा पसिना भरिएजस्ता नभएर सुन्निए जस्ता बिमिरा देखिन्छन् । यो चिलाउने सँगसँगै चहराउने पनि हुन्छ । एसलाई मिलियारिया पोस्टुलोसा पनि भनिन्छ । बच्चा, किशोर तथा वयस्क सबैमा एस प्रकार को घमौरा देखिने गरिएको छ । गम्भीर प्रकार- miliaria profunda : यो सबैभन्दा गम्भीर किसिम को घमौरा हो । सामान्यतया यो खाल को घमौरा विरलै देखिन्छ । एसमा ठूला, कडा र मासु को रंग का उभार देखिन्छन् ।

Related Articles

Back to top button
Close