News

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २१ हजार नाघ्याे, एकैदिन २५ हजार संक्रमित फेला

काठमाडाैं, २५ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितको ७ लाख ६९ हजार ५२ पुगेकाे छ । वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार बुधबार मात्र भारतमा २५ हजार ५ सय ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २१ हजार १४४ पुगेकाे छ । बुधबार मात्रै ४९१ जनाकाे मृत्यु भएकाे छ । शनिबार भारतमा एकै दिनमा मृत्यु हुनेको हालसम्मकै उच्च संख्या पुष्टि भएकाे थियाे । शनबार त्यहाँ ६ सय १० जनाकाे मृत्यु भएकाे थियाे ।

अहिले भातरमा २ लाख ७१ हजा ३५४ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ४ लाख ९१ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारत सरकारले १ जुनदेखि लकडाउनलाई खुकुलो पारेसँगै तथा काेराेना परिक्षणकाे दायरा पनि बढाएसँगै दैनिक संक्रमण हुनेकाे संख्या वृद्धि भइरहेकाे बताइएकाे छ ।

हाल त्यहाँका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च देखिनेमा महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमणकाे पछिल्लाे ट्रेन्ड हेर्दा भारतमा काेराेना तत्काल नियन्त्रणमा अाउने देखिदैन ।

Related Articles

Back to top button
Close