News

हाईड्रो कम्पनीको सामान बोकेको ट्रक ओखलढुंगामा दुर्घटना, चालकको मृत्यु

रामहरि श्रेष्ठ

ओखलढुंगा, २५ असार । निर्माण सामग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान सिद्धिचरण नगरपालिका- ८ सेतिदेवी भन्ने स्थानमा ट्रक दुर्घटना भएकाे हाे । साे दुर्घटनामा सवारी चालक दोलखाको जिरी नगरपालिका- ४ का अन्दाजी २५ वर्षीय नवराज कार्कीको घट्नास्थलमै मृत्यु भएको हो ।

काठमाडाैँबाट अप्पर सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

ट्रकमा चालक मात्र सवार रहेको बस्नेतको भनाइ छ । बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Related Articles

Back to top button
Close