News

बिहे गर्दागर्दै बेहोस भएस ढलिन बेहुली, अस्पतालले भने कोरोनाको शंकामा भर्ना गरेन, बेहुलीको निधन

काठमाडौं । अस्पतालले कोरोनाको आशंकामा भर्ना नै गर्न नमाने पछि विवाह मण्डपमा बेहोस भएर अस्पताल लगिएकी बेहुलीको निधन भएको छ । यो घटना भारतको हो । भारतको उत्तर प्रदेशमा विवाह मण्डपमा बसेकी बेहुली बेहोस भइन् । यो घटना कन्नौज जिल्लाको हो ।

वेहुला आइसकेका थिए । वेहुलीलाई मण्डपमा ल्याइयो । विवाहको प्रकृया चलिरहेको थियो । वेहुली विनिता अकस्मात वेहोस भइन् । संगै वेहुला सञ्जय पनि थिए । विवाहमा सरिक भएकी बेहुली बेहोस भएपछि बेहुला सञ्जय असमन्जसमा परे ।

परिवारका सदस्यले वेहुली विनितालाई तत्काल अस्पताल लिएर गए । बिहेका बेला देखि नै १९ वर्षीय विनिताले असहज महसूस गरेकी थिइन् । विवाह रोकेर परिवारका सदस्यले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन । उनलाई अस्पतालले कोरोना आशंका गरेर चिकित्सक र स्वासथ्यकर्मी नजिक पनि परेनन् ।

फाइल तस्विर
विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो ।कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ । उनलाई कोरोना भए नभएको बारे रिपोर्ट नआएको बताइएको छ ।

Related Articles

Back to top button
Close