News

काभ्रे बनेपाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका वडा ६ स्थित २८ किलोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचकुमारी पेट्रोल पम्प रहेको भवनको जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार रहेका छन् ।

उनीहरुलाई पक्राउ पश्चात कानुन अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दिन ७ को म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको थापाले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुबाट ६ लाख ५४ हजार ५ सय रुपैयाँ, ४ बुक तास र जुवा खालमा प्रयोग भएको १ थान तन्दा बरामद गरेको छ राजधानी न्युज

Related Articles

Back to top button
Close