News

सिन्धुपाल्चोक बाढी अपडेट : सडक सञ्जाल टुट्यो, हेलिकोप्टर अवतरण हुन सकेन, उद्दारमा समस्या

प्रतिकुल मौसमका कारण बाह्रबिसेका लागि सभामुख अग्नि प्रसाद सापकोटा सहितको टोली लिएर उडेको हेलिकोप्टर आकाशबाटै फर्किएको छ ।

बिहान ९ बजे बाह्रबिसेतर्फ उडेको हेलिकोप्टर लामो समयको प्रयास गर्दा पनि अवतरण गर्न मौसमले साथ नदिएपछि धुलिखेलको आकाशबाट फर्किन बाध्य भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

यसअघि उक्त बाढी क्षेत्रमा उद्धारका लागि कैलाश एयरको हेलिकोप्टर गएको भएपनि मौसमकै कारण अवतरण हुन सकेका थिएन ।

उद्दारमा समस्या

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बु बजार बाढीले अरनिको राजमार्ग अवरुद्द भएपछि उद्धारमा समस्या भएको छ।

गएराति आएको बाढीले सडक सञ्जाल टुटेपछि उद्धारमा समस्या परेको हो। मौसम खराबीको कारण हेलिकोप्टर अझै पुग्न सकेको छैन्।

अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवतजावत रोकिएको छ।

आवतजावत रोकिँदा सदरमुकाम तथा राजधानीबाट उद्धारको टोली घटनास्थल पुग्न सकेका छैनन्।

राजमार्गको नयाँपुल भन्ने ठाउँमा सडक अवरुद्ध भएकाले सीमा प्रहरी चौकी तथा सशश्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट तातोपानीको टोलीसमेत घटनास्थल आउन नसक्दा घाइते, मृतक र बेपत्ताको उद्धारमा थप कठिन भएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close