News

डिएसपी सहित ८ जनाको ज्यान लिएका विकास दुवे पक्राउ

काठमाडौं । भारत कानपुरका डीएसपीसहित ८ प्रहरीको ज्यान लिएका गुन्डा विकास दुबे पक्राउ परेका छन्। उनी भारतवाटै पक्राउ परेका हुन् । मध्य प्रदेशस्थित उज्जैनबाट उनी पक्राउ परेको बीबीसी हिन्दीले भर्खरै जनाएको छ। यस अघि उनी भागेर नेपाल आएको हुनसक्ने भन्दै नेपालमा पनि खोजी गरिएको थियो । अन्तराष्ट्रिय उडान बन्द भएको र नेपालसंगको खुला सिमानाका कारण उनी नेपालमा लुकेको हुनसक्ने आशंकामा नेपालमा पनि खोजी तिब्र पारिएको थियो ।

तर उनी त्यहाँको महाकाल मन्दिर थानाबाट पक्राउ परेको बीबीसीले जनाएको छ । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन्।

उनले विकास दुबे पक्राउ गर्नु मध्य प्रदेश प्रहरीको ठूलो सफलता भएको बताएका छन्। उनका अनुसार दुबे अहिले मध्य प्रदेश प्रहरीकै हिरासतमा छन्। दुबेलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीहले समातेर मध्य प्रदेश प्रहरीलाई बुझाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

दुबेलाई पक्राउ गर्न अघिल्लो बिहीबार राति कानपुरको बिकरु गाउँस्थित उनको घरमै पुगेका डीएसपी देवेन्द्र मिश्रसहित ८ प्रहरीलाई आ’पराधि’क समूहले अन्धाधुन्ध गो’ली हानेर ह’त्या गरेको थियो। त्यसको ठीक एक हप्तापछि आज बिहीबार नै दुबे पक्राउ गर्न भारतीय प्रहरी सफल भएको हो।

प्रहरीले उनको घर समेत भत्काइदिएको छ । प्रहरीले नै सुराकी दिएका कारण उनी भारतीय प्रहरीको ज्यान लिएर भागेको भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ । उनलाई सूचना दिएको हुनसक्ने आशंकामा केही प्रहरी अधिकारी पनि निगरानीमा छन् । प्रहरीले प्रहरी माथि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button
Close