News
बाह्रबिसे बाढीका घाइतेलाई लिएर काठमाडौँ आइपुग्यो कैलाश एअरलाइन्सको हेलिकप्टर, घाइतेको ह्याम्स अस्पतालमा उपचार हुँदै
काठमाडौं, असार २५ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(५ जम्बुमा उद्धारका लागि पुगेको हेलिकप्टरले १ जनाको उद्धार गरिएको छ ।
पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ । उनको राजधानीको ह्याम्स अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छ ।
अर्का घाइते लिन फेरि हेलिकप्टर सिन्धुपाल्चोक पुगेको र उद्धारकार्य जारी राखिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली घटनास्थल पुगेर घाइतेलाई काठमाडौं ल्याउने काम गरेको हो ।