News

ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुङ्गा / ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालक दोलखा जिरीका २४ वर्षिय नवराज कार्कीको मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए ।

Related Articles

Back to top button
Close