News

बेलायतमा आफ्नै नवजात शिशु ज्या’न लीइन बविताले

आफ्नै नवजात शि’शुको ह त्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज ह त्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मा रेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा ‘गा’डेको आ’रोपमा प’क्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार शि’शुको टा’उका’मा ग म्भीर चो’ट लागेको सन् २०१८ मा गरेको श’व परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शि’शुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।

अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताउनुभयो । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् । घटना घटाईएको पार्क तल हेर्नुहोस तस्विरमा

यो पनि : हङकङका बीएनओ राहदानी बाहकलाई बेलायतको नागरिकता दिइने

बेलायत सरकारले हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) परिचयपत्रबाहकहरुलाई बेलायतको नागरिक बन्ने बाटो खोलेको छ । विदेशमन्त्री डोमिनिक राबले यदि चीन सरकारले सुरक्षासम्बन्धी कानुन फिर्ता नलिएमा बेलायत सरकारले बीएनओ परिचयपत्र बाहकहरुलाई बेलायतको नागरिकता दिने प्रक्रिया शुरु गर्ने बताएका छन् ।

युरोपियन युनियनबाट बेलायत बाहिरिएपछि बेलायतमा हुनसक्ने मानव स्रोतको अभाव पूर्ति गर्न पनि बेलायतले सो कदम लिएको हुनसक्ने आँकलन गरिएको छ । उता चीन सरकारले हङकङमा लागू हुने गरी राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि बेलायतको यो प्रतिक्रिया आएको हो ।

फाइनान्सियल टाइम्सका अनुसार हङकङमा बीएनओ परिचयपत्र बाहकहरु करिब ३ लाख १५ हजारको संख्यामा छन् । हङकङ चीन सरकारलाई हस्तान्तरण हुनुअघि हङकङमा जन्मेकाहरुलाई दिइएको कागजलाई बीएनओ परिचयपत्रबाहक भनिन्छ । सन् १९८४ भन्दा अघि हङकङमा जन्मेका व्यक्तिहरुले बीएनओ परिचयपत्र पाउँछन् ।

विदेशमन्त्री रावले बेलायती नागरिकता आवेदनको प्रक्रियाका लागि १२ महिनाको समय दिइने बताए । रावले यदि चीनले राष्ट्रिय सुरक्षासम्बन्धी कानुन जारी राख्छ भने बीएनओ परिचयपत्रबाहकहरुलाई बेलायतमा काम गर्न, अध्ययन गर्न बेलायत आउने मौका दिइने र त्यसबाट भविष्यमा बेलायती नागरिकता प्राप्तीको बाटो खोल्नेछ ।

यसअघि बेलायतले सन् १९७२ मा युगाण्डामा रहेका ब्रिटिश राहदानीबाहक २८ हजार एसिएनमूलका मानिसहरुलाई बेलायत ल्याएको थियो । यसबाट हङकङमा रहेका हजाराैँ नेपालीहरु पनि लाभान्वीत हुने छन् । करिब पाँचहजार नेपालीसित बीएनओ राहदानी रहेको अनुमान गरिएको छ । जसमध्ये कतिपय पहिल्यै बेलायत आइसकेका छन् ।

Related Articles

Back to top button
Close