News

बाढीले मध्य भोटेकोसी हाइड्रो डुबानमा, एक चिनियाँ प्राविधिक बेपत्ता

काठमाडौँ — बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले मध्य भोटेकोसी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ ।निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए ।

आयोजनाका लागि आवश्यक उपकरण राख्‍ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उनले भने, ‘आयोजनाका लागि तीन वटा टर्बाइन रनर, जीआइएस र जिटी ९जेनेरेटर ट्रान्सफर्मर बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ ।’

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए । ‘ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ’, उनले भने । मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close