News
ललितपुरमा एक गर्भवती महिलासहित चार जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
२५ असार, काठमाडौंः बिहिबार ललितपुरमा थप चार जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना भएका चार बिरामीहरुमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये एक जना गर्भवति महिला समेत रहेकी छिन् ।
पाटन अस्पतालमा गरिएको परिक्षणमा थप चार जनालाई कोरोना भाइरुसको संक्रमण भएको पुष्टि भएको हो । संक्रमितहरुमा धापाखेलकी २९ वर्षिया गर्भवती महिला रहेकी छिन भने अर्का ग्वार्कोका ११ वर्षिया बालक रहेका छन् । त्यस्तै, सानागाउँका ६५ वर्षिया पुरुष र ललितपुरकी ६६ वर्षिय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
किष्ट अस्पतालका अनुसार चारै जना संक्रमितलाई पाटन अस्पताल रिफर गर्ने तयारी भईरहेको छ ।