News

आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परिन पूर्वराजकुमारी पूर्णिका शाह, यी हुन् उनका प्रेमी !

छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर–भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परेकी ।

पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निक्कै फ्यान बटुलेकी छन् । उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविना राईको गीत ‘गुराँशको फेदमुनि सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिकाकै अकाउण्टबाट पोष्ट भएको थियो । फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन् । उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो मायामा डुबेकी हुन् । उनले आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन् । तर, जनआस्थाले फेला पारेको छ, ती प्रेमी ।

उनी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान । वि.सं १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन्, नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ दि चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु । पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिजा धर्म हुन्, धर्म । सुशील र राजीव १३ दिने दाजुभाइ हुन् ।

थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन् । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ । तर, पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, राम्रो परिवारको सदस्य भन्ने कुरा ।

धर्मको पारिवारिक विरासत राम्रो, तर काका–बाबुचाहिँ अन्यायमा परेका । बाबु सुशीलबरसिंह थापा प्रहरीको डिआइजी हुँदा आफ्नै व्याची उपेन्द्रकान्त अर्यालको विशेष स्नेहमा कमी भई तलैबाट गलहत्याइएका । यादव अधिकारीहरुसँगै मुद्दा लिएर सर्वोच्च गए । त्यहीँको आदेशले एआइजीको फुली लगाए, तीन महिना हाजिर गरेर रिटायर्ड भए । काका राजीव स्टाफ कलेज गरेका, तालिमहरुका टप फाइभमा पर्ने, राम्रा मान्छे । तर, माथि दरबन्दी खालि हुँदाहुँदै लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे अवधीबाट रिटायर्ड भए ।

Related Articles

Back to top button
Close