News

सिन्धुपाल्चोक बाढीका मृतक परिवारलाई किरिया खर्चबापत एक लाख राहत

मेलम्ची – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो ।

“बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”, उहाँले “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।” विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ । (रासस)

Related Articles

Back to top button
Close