News

गगन थापाको अपिल : ‘गोदी मिडिया नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ’

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर तयार पारेको सामाग्री सबै नेपालीप्रतिको अपमान भएको बताउनुभएकाे छ ।

थापाले त्यस्ता मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिन आग्रह गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएकाे छ- ‘केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषय वस्तुले हामी सबैको अपमान गरेको छ। त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ ।’

भारतीय मिडियाले नेपाल र नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने गरी अर्नगल प्रचारबाजी गर्न थालेपछि नेपालमा प्रसारण हुँदै आएका भारतीय टेलिभिजन च्यानलहरु केवुल अपरेटरहरु बन्द गरिएका छन् ।

नेता थापाले नेकपाको विवादमा चिनियाँ राजदूतको संलग्नता आपत्तिजनक भएको पनि बताउनुभएकाे छ । उहाँ लेख्नुहुन्छ- ‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ ।’

Related Articles

Back to top button
Close