News

आठ प्रहरी हत्या अभियोग लागेका विकास दुबे बिहानै यसरी मारिए

काठमाडौं, असार २६-डीएसपीसहित आठ प्रहरी हत्या घटनाका मुख्य अभियुक्त विकास दुबे आज बिहान मारिएका छन् ।भारत कानपुरमा आठ प्रहरी हत्या घटनाका अभियुक्त दुबेलाई उत्तर प्रदेश लिएर जाँदै गरेको प्रहरीको गाडी बीच बाटामै पल्टिएको र त्यस क्रममा उनी भाग्ने प्रयास गर्दा प्रहरीले गोली हानेको समचारमा जनाइएको छ ।

गाडी पल्टिएपछि उनी भाग्न खोज्दा प्रहरी गोली चलाउन बाध्य भएको बताइएको छ ।कानपुर नजिकै पुगेका बेला गाडी अचानक सडकमा पल्टिएको थियो । गाडी पल्टिदा केही प्रहरी घाइते भए र त्यही मौकामा दुबेले उनीहरूको पेस्तोल खोसेर भाग्ने प्रयास गरेका थिए ।

प्रहरीले दुबेलाई घेरा हाले र आत्मसमर्पण गर्न भन्दा उनले नै गोली चलाउन खोजेको र प्रहरीले जवाफी कारबाही गरेको बताइएको छ । गोली प्रहारबाट घायते दुबेलाई अस्पताल लगे लगत्तै डाकटरले मृत घोषित गरेका थिए ।

Related Articles

Back to top button
Close