News

बिहीबार पक्राउ परेका विकास दुबे मारिए

एजेन्सी, २६ असार । भारतमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त मानिएका गुण्डा नाइके विकास दुबे मारिएकाे बताइएकाे छ । बिहीबार पक्राउ परेका उनलाइ लिएर प्रहरीकाे गाडी कानपुर जाँदै गर्दा शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे र साे क्रममा दुबे भाग्न खाेजेपछि उनीमाथि गाेली चलाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार विकास दुबे चढेको गाडी पल्टिपछि प्रहरी टोलीको बन्दुक खोसेर दुबेले प्रहरीमाथि नै हमला गर्ने कोसिस गरेका थिए । प्रहरीकाे जवाफी कारवाहीमा उनी पूर्ण रुपमा घाइते भएकाे र उपचारका क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

दुबेको छातीमा गोली लागेपछि उनलाई अस्पताल पुर्याइएकाे थियाे, त्यहीँ उनको मृत्यु भएकाे हाे । सञ्चार माध्यम एएनआईले प्रहरीद्वारा उनी मारिएकाे पुष्टि भएकाे जनाएकाे छ ।

यही जुलाई २ मा विकास दुबेलाई कानपुरस्थित बकारु गाउँमा पक्राउ गर्न जाँदा उल्टै दुबेकाे समूहले ८ प्रहरीको हत्या गरेकाे थियाे । त्यसलगत्तै उनी फरार थिए र प्रहरीले खाेजी कार्य तीव्र बनाएकाे थियाे । विकासलाई बिहीबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरिएको थियो ।

Related Articles

Back to top button
Close