News

चिनियाँ राजदुतको बढ्दो सक्रियता, देखिने गरि विदेशी हस्तक्षेप बढेको पूर्वपरराष्ट्र मन्त्रीहरुको भनाई

२६ असार, काठमाडौंः पछिल्लो समयमा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बढ्दो सक्रियतालाई लिएरु विभिन्न टिकाटिप्पणी भएका छन् । यसैबिच नेपालका पूर्वपरराष्ट्र मन्त्रीहरुले उनको सक्रियताले देखिने गरि विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

नेपालको सत्तारुढ दल नेकपाभित्र विवाद बढिरहेको समयमा यान्छीले नेकपाकै नेताहरुलाई लगातार भेटिरहेकी छिन् । यान्छीको दौडधुपलाई लिएर नेपालका पूर्वपरराष्ट्र मन्त्रीहरुले खुल्ला रुपमा विदेशी हस्तक्षेप बढेको टिप्पणी दिएका छन् ।

पूर्वपरराष्ट्र मन्त्रीहरू भेषबहादुर थापा, नारायणकाजी श्रेष्ठ, प्रकाशचन्द्र लोहनी र प्रकाशशरण महतले यान्छीको सक्रियतालाई लिएर यस्तो मत राखेका हुन् । उनीहरुले कुटनितिम मानमर्यदा र आचारसंहिताको आधारमा बसेर काम गर्नुपर्ने समेत बताएका छन् ।

पूर्वपरराष्ट्र मन्त्री भेषबहादुर थापाले अहिलेको समय र सन्दर्भ हेर्दा चीनको चासो बढेको देखाउँने बताएका छन् । उनले यो आचार संहिता पालना सबैको हितमा हुने बताएका छन् । त्यस्तै, अर्का पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक राजनीतिका आयाम र अवयवहरूलाई आज पनि यो वा त्यो वैदेशिक शक्तिले निर्देशित गर्छ भने सबैखालको षडयन्त्रका सिद्धान्तलाई ठाडै अस्विकार गरेको आफ्नो ट्विटरमा लेखेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले आन्तरिक मामिलाका लागि विदेशीसँग छलफल स्वस्थ्यकर अभ्यास नभएको बताएका छन् । त्यस्तै, अर्का प्रकाशचन्द्र लोहनीले सामान्य समयमा भेट्नु आपत्तिको कुरा नभएतापनि अहिलेको भेटले आन्तरिक राजनीतिक मुद्दाका लागि देर्खिएको र यसले विदेशी हस्तक्षेपको प्रमाण प्रस्तुत गरेको बताएका छन् ।

Related Articles

Back to top button
Close