News

कस्मिरमा पाकिस्तानी सेनाले हानेको गोलि लागेर गोर्खा सैनिक गुल्मीका गुरुङले गुमाए ज्यान ! साहसी गुरुङको मृत्यु पछि भारतीय सेनाले भन्यो, गुरुङले दिएको योगदानको भारत सधैं ऋणी रहने छ !

काठमाडौं । भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको का’रवाहीमा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले ह मला गरेको दावी गरेको छ । बिहीबार राति भएको सो घटनामा सम्बर गुरुङको निधन भएको भारतीय सेनाले जनाएको छ।

उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ। उक्त घटनामा घा’इते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै निधन भएको बताइएको छ । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च ब’लिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

‘पाकिस्तानले दु’ई रा उन्ड फा’यर ग¥यो, यो गुरुङ बसेको ब’न्कर नजिक आइपुग्यो । बंकरको प्वा’लबाट छि’रेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चो ट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान ब’चाउन सकिएन ।’ यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा का’रवाही सुरु गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए ।

भारतको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सिमानाका विषयमा भारतको सबै छिमेकी मुलुकसंग राम्रो छैन । केही दिन अघि चीनसंगको घटनामा भारतीय सेनाका कर्णेल सहित २० जनाको निधन भएको थियो । नेपालसंग पनि पछिल्लो समय सिमानाकै कारणले सम्बन्ध विग्रिएको छ ।

यो पनि : भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।

कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के

नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्.। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर निधन हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको निधन भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको निधन भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४६३ जनाको निधन भएको छ ।

युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को निधन भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको निधन भएको छ ।

अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको निधन भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको निधन भएको छ ।

Related Articles

Back to top button
Close