News

जाजरकोट पहिरो अपडेट : पाहुन आएका २ सहित ४ जनाको शव भेटियो, अझै ८ जना बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका १२ जनामध्ये ४ जनाको श-व फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की त्यस्तै कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको श-व फेला परेको छ ।

श-व भेटिएका डिल्ली सार्की र वीरेन्द्र सार्की पाहुना लाग्न आएका थिए । सार्कीगाउँका २ घर पहिरोले बगाएको थियो । पहिरोमा परी पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका थिए । बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की र छोरा अर्जुनको श-व फेला परे पनि पत्नी ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्कीको श-व अझै भेटिएको छैन ।

त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की बेपत्ता छन् ।

Related Articles

Back to top button
Close