News
भ्रामक समाचार दिने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न नेपाली प्रेस काउन्सिलको माग
२६ असार, काठमाडौंः नेपाल प्रेस काउन्सिलले भ्रामक समाचार प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न भारतीय प्रेस काउन्सिलसँग माग गरेको छ ।
प्रेस काउन्सिलले भारतका केही सञ्चारमाध्यममा नेपाल र नेपालको सरकार प्रमुखका सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट र चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण भइरहेकाले कारबाहीका लागि आग्रह गरेको हो । नेपाल प्रेस काउन्सिलले भारतीय काउन्सिलका अध्यक्ष न्यायाधीश चन्द्रमौलीकुमार प्रसादलाई आज पत्र पठाई पत्रकार आचारसंहिताको उल्लङ्घन हुने प्रकारका त्यस्ता प्रसारणबारे आवश्यक कारबाहीका लागि आग्रह गरेको छ ।
भारतका जी न्युज तथा अन्य केही च्यालनहरुकले केही दिन अघि प्रसारण गरेको सामग्रीलाई लिएर अतिरञ्जित तथा भ्रामक समाचार प्रसारण गरेको विषयलाई ध्यानमा राख्दै काउन्सिलले पत्रचार गरेको हो ।