News

प्रमोसन भएपछि खुसी भएका गुरुङ्ग दशैँमा छुट्टीमा आउँछु भनेर डिउटीमा निस्केका थिए !

काठमाडौं । गोर्खा सैनिकमा भर्ती भएका नेपालीहरुले भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न ग’एको छ । भारतले सिमा वि’वाद भएका स्थानमा गोर्खा सैनिकलाई पठाउने गरेको छ । सिमानामा भारतको भूमी रक्षा गर्दा ज्या’न गु’माएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपिएको छ । उनी गुल्मीका हुनुहुन्छ ।

पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३, ८ जिआरमा कार्यरत सम्बुरको सिमानामै ज्या’न ग’एको छ । कस्मिरमा उनको निधनको खबरले गुल्मीमा शो’क छाएको छ ।

उक्त घटनामा घा’इते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै निधन भएको बताइएको छ । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गर्नुभएको छ । ‘उँहाको कतर्व्य पालनाका क्रममा गरेको उच्च ब’लिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरूङले दिनहुँ घरमा फोन गर्नुहुन्थ्यो । उँहाको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आउनुभएको छ । दिनहुँ जसो श्रीमानसंग उहाको कुरा हुनथ्यो । विहिवार पनि उँहाको श्रीमानसंग कुरा भयो । तर त्यतीबेला श्रीमानले आफु डिउटीमा जान लागेको कुरा सुनाउनु भएको थिएन । तर शुक्रबार बिहानै अचानक भएको यहि घ’टनामा उहाँको ज्या’न ग’यो ।

सम्बुरको छोरी इलाले बुवासंग बुधवार बिहान कुरा गरेका बताउनुभयो । शुक्रबार बिहान इला सुतिरहेकै बेलामा फोन आयो । आमा ए’क्कासी रुन थालेपछि इलाले थाहा पाउनुभयो बुवा यो संसारमा हुनुहुन्न । उँहालाइ फोनमा कसैले भन्यो तिम्रो बुबा सहिद हुनुभयो।’ भारतीय सेनामा सम्बुर भर्ती भएको १८ वर्ष पुगेको उहाका आफन्तले जनाएका छन्। आफन्तका अनुसार उहा गत माघमा घर छुट्टी आएर फर्किएर सम्बुर मिल्यो भने दशैं मान्न घर आउने योजनामा हुनुहुन्थ्यो।

आरुघाट गाउँपालिका–१, मान्वुस्थित माझगाउँका सम्बरले गत कात्तिकमा घर आएका बेला हवल्दार भइसकेकाले अब केही वर्षमा रिटायर्ड ‘लाइफ’ बिताउने कुरा आफन्त र छिमेकीलाई सुनाउनुभएको थियो । जागिरको अवधि पनि धेरै वर्ष थिएन, यस्तो खबर सुन्नुपर्‍यो । १८–१९ वर्ष त भइसक्यो । अब धेरै वर्ष जागिरको अवधि थिएन ।’ प्रमोसन भएपछि खुसी हुनुनुन्थ्यो उँहा । भारतीय सेनामा कार्यरत गोरखाका सम्बर गुरुङ छुट्टी मिलाएर गाउँ आइरहनु हुन्थ्यो । परिवार र छिमेकीसँग रमाउनुहुन्थ्यो । तर तिनै छिमेकी र आफन्तले शुक्रबार बिहानै दु:खद खबर सुन्नुपर्‍यो ।

भारतको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सिमानाका विषयमा भारतको सबै छिमेकी मुलुकसंग राम्रो छैन । केही दिन अघि चीनसंगको घटनामा भारतीय सेनाका कर्णेल सहित २० जनाको निधन भएको थियो । नेपालसंग पनि पछिल्लो समय सिमानाकै कारणले सम्बन्ध विग्रिएको छ ।

Related Articles

Back to top button
Close