News

खुशीको खबर, नेपालमा आज कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी, के नेपालमा कोरोना संक्रमणको दर घटेको हो ?

काठमाडौँ – शुक्रबार देशभर थप १ सय २० जना कोरोनाका बिरामीले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आजसम्म संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । त्यस्तै आज नेपालमा १ सय १८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।नेपालमा पछिल्ला दिनमा भारतबाट आउने मानिसहरुको संख्या घटेसँगै क्वारिन्टनमा बस्नेहरु कम भएका कारण पनि संक्रमितहरु कम संख्यामा फेला परेका हुन् । नेपालमा समुदायमा नै कोरोना संक्रमण पुष्टी भइसकेका कारण सर्तक रहन र सामाजिक दुरी कायम गर्न समेत स्वास्थ्य मन्त्रालयले पटक पटक आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close