News

काठमाडौंका एक युवाको कोरोना संक्रमण बाट मृत्यु

काठमाडौं , कोरोना संक्रमण भएर उपचाररत एक युवाको उपचारकै क्रममा पाटन अस्पतालमा मृ’त्यु भएको छ ।

काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण पुष्टि भएपछि असार २३ गते पाटन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

उनको उपचारकै क्रममा शुक्रबार दिउसो ४ः३० बजे मृ’त्यू भएको नेपाली सेनाको उच्च स्रोतले जनाएको छ ।

ती युवाको केहीबेरअघि पशुपति आर्यघाटको विद्युतीय श’व गृहमा जलाइएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले जानकारी दिए ।

युवाको श’वको व्यवस्थापनमा आर्मीको टीम परिचालन गरिएको थियो । बिहीबार पनि कोरोना संक्रमित भएर मृ’त्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षिय युवाको पनि आजै विद्युतीय श’व गृहमा ज’लाईएको सापकोटाले बताए ।

Related Articles

Back to top button
Close