४४ लाख तिरेर कमाउन पठाएकी छोरीको जव ‘म’र्दैछु’ भनेर म्यासेज आएपछि ?[ पुरा जान्नुहोस् ]
एजेन्सी। बेलायतमा कन्टेनरभित्र ज्यान गुमाएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीडाले आफ्नो पीडा पोखेका छन् । यो घटनामा कन्टेनरभित्र चिसोमा थुनिएर ३९ जनाले ज्यान गुमाएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि भएको मानिएको छ । उनले आफ्ना मातापितालाई मंगलबार राती आफू म’र्दैछु भन्दै निकै हृ’दयविदारक म्यासेज पठाएकी थिइन् ।
मीकी आमा गुएन थी फोङ र पिता फाम भान थिनले आफ्नो पीडा पोखेका छन् । सिएनएनसँगको एक अन्तरवार्तामा उनका पिता फामले भने ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड (४५ हजार नेपाली रुपैयाँ) कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि तस्करहरुले मागेको ३० हजार पाउण्ड (४३ लाख ६७ हजार नेपाली रुपैयाँ) जुटाएर दिएका थिए । उनीहरुले तस्करलाई पैसा दिएपछि मी चीन, फ्रान्स हुँदै बेलायतका लागि गएकी थिइन् ।