Video

पहिरोमा पुरिएर निधन भएका आफ्नो मालिकको प्रतिक्षामा कुकुर, भत्किएको घर तिर हेरेर रो’इरहन्छ , हेर्नुहोस भिडियो

पोखरा । मानिसमा मात्र होइन जनावरमा पनि भावना हुन्छ । आफुलाई माया गर्ने जनावर नै होस् वा मानिस आफन्त गुमाउनुको पी’डा हुन्छ । पोखरा पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा देखिएको एउटा दृष्यले सबैलाई भावुक बनाउँछ । गोठादीका टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा सो घरका पाँच जनाको निधन भयो । उनीहरुले पालेको एउटा कुकुर अहिले पनि आफ्ना मालिकको पर्खाइमा टोलाएर बसिरहेको छ ।

पहिरोले घर भत्काएपछि सामानहरु असरल्ल छरिएका छन् । कुकुर त्यही सामान हेरेर बसिरहेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो । पिङ्की थापाकोे जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आउनुभएको थियो । पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी निधन हुनेको सङ्ख्या छ पुगेको छ ।

यसै क्रममा पहिरोले पुरिएको घरमा पुग्दा टंकबहादुरका दाजु सोमबहादुर भाइको ढलेको घर नजिकै भाइको ढलेको घर हेरिरहेका थिए। यसैमा एउटा कुकुर पनि भत्केको घर हेरिरहन्थ्यो। घरी घरी सानो आवाजमा कराई रहन्थ्यो। सोमबहादुरले भाइ टंकको कुकुर भएको सुनाए। ‘भाइलाई यसले एक छिन छोड्दैन थियो’, उनले भने, ‘भाइ वरपर हिँड्दा संगै हिड्थियो।’ टंकको वियोगमा कुकुरले पनि शो’क मनाएको छ ।

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छिमेकीलाई निम्ता गरिएको थियो । सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिङ्की दिदी (मितबाबुको छोरी) को जन्म दिन मनाउन साँझ गोठादी पुग्नुभएको थियो । साँझदेखि नै निरन्तर पानी परिरहेको थियो । जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे ।

Related Articles

Back to top button
Close