News

लोकदोहोरी गायिका सुनिताले गरिन दे’हत्याग

पोखरामा एक गायिकाले देहत्याग गरेकी छिन् । लामो समयदेखि पोखरा क्षत्रलाई कर्मथलो बनाएर ‘दोहोरी साँझ’ मा लोकगायिकाका रुपमा कार्यरत गायिकाले सुनिता नेपालीले यस्तो गरेकी हुन् ।

नेपालीले केही समय पहिले देखि पोखरास्थित फेवा दोहोरी साँझमा गायिकाका रुपमा गीत गाउँदै आएकी थिइन् । उनले गतराति ९ ः ५० बजे देहत्याग गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले जानकारी दिए ।

पोखरा गैह्रापाटनस्थित जयराम कोइरालाको घरमा भाडामा बस्दै आएकी उनी विगत ५ वर्षदेखि कास्कीको बिरेठाँटीका ध्रुव लामिछानेसँग रिलेशनसिपमा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुले श्रीमान श्रीमती भएको बताउँदै आएका थिए । कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रहरीले ढोका फो’रेर हेर्दा सुनिता झु ण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक सुनिताकी दिदी गायिका लक्ष्मी नेपालीले ह त्या गरेको आरोप लगाउदै लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा देहत्याग दु’रुत्साहन मुद्दा दर्ता गराएकी छिन् ।

आफुलाई आरोप लागेपछि मृतकका श्रीमानले आफु निर्दोष रहेको बताएका छन् । दिन म सबेरै काममा गएको थिए । राति अबेर फर्किए । कोठाको ढोका भित्रबाट लगाइएको थियो । मैले पटक पटक सुनितालाई पुकारे । आवाज नआएपछि आत्तिए । नजिकैका दाईदिदीहरुलाई सहयोग मागे । उहाँहरुले प्रहरीलाई डाक्नुभयो ।

प्रहरी आएर ढोका खोल्दा सुनिता झु ण्डिएको अवस्था थियो । म विक्षप्त बने ।’ घरमा भाडामा बस्ने अन्य मानिसहरुले ध्रुव र मृतक सुनिता बिच गएराति कुनै झ’गडा नभएको बताएका छन् । प्रहरीले घट्नाका वारेमा छानबिन भइरहेको जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल लगिएको छ ।

Related Articles

Back to top button
Close