News

थप ४३१ कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८ हजार ४४२

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको प्रवक्ता गौतमले बताए।

पछिल्ले २४ घण्टामा ३ हजार ६४८ पीसीआर परीक्षण गरिएको थियो।

Related Articles

Back to top button
Close